दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी

 काठमाडौं, ५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई अदालतमा झिकाउन आदेश जारी गरेको थियो । त्यसपछि शुक्रबार प्रसाईंलाई अदालतमा झिकाइएको हो ।

उनको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय डा.नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासमा सुनुवाइ चलिरहेको छ । 

प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा फेरि गिरफ्तार भएका थिए । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।