महानगरले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्ने
काठमाडौं, ५ पुस । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि आवश्यक छानबिन गर्न सिफारिस गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको बताउँदै कारबाही गर्न काठमाडौं महानगरपालिकाले सम्बन्धित निकायलाई सिफारिस गरेको हो ।