डाँका समूहद्वारा महोत्तरीमा ७० वर्षीय वृद्धको हत्या गरी लुटपाट

डाँका समूहद्वारा महोत्तरीमा ७० वर्षीय वृद्धको हत्या गरी लुटपाट

जनकपुरधाम, ६ पुस। महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या भएको छ । महोत्तरीमा डाँका समूहले उनको हत्या गरेको हो । 

आज बिहान ४ बजेको समयमा ७र८ जनाको सङ्ख्यामा आएको डाँकाहरूको समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

डिएसपी जयसवारका अनुसार, लुटेराहरूले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेका छन् ।

हत्या गरिएका झा पूर्वगाविस सचिव हुन् । प्रहरीले यस घटनाबारे  थप अनुसन्धान गरिरहेको बताएको छ ।