मुद्दा दर्ताका लागि रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो
काठमाडौं, ७ पुस । सहकारीको रकम हिनामिनाको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो ।
रविलाई उपस्थित गराइए पनि अभियोजनपत्र प्राप्त नभइसकेको जिल्ला अदालत कास्की स्रोतले जनाएको छ ।