पोखरामा महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
काठमाडौं, ७ पुस । पोखरामा एक महिलामाथि सामूहिक जबरजस्ती करणी भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्न एक जना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।