रविविरूद्ध मुद्दा दायरको जानकारी संसदलाई गराइँदै

रविविरूद्ध मुद्दा दायरको जानकारी संसदलाई गराइँदै

पोखरा, ७ पुस । रास्वपाका सभापति रवि लामिछानेविरूद्ध मुद्दा दायर गरिएको सूचनासहितको पत्र संघीय संसद सचिवालयलाई पठाइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई जानकारीसहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । 

कुनै पनि सांसदविरूद्ध भएको कामकारबाहीका सम्बन्धमा सम्बन्धित निकायले संसद सचिवालयलाई जानकारी गराउनु पर्ने कानुनी व्‍यवस्था छ ।