सडकमा फोहोर गरेको भन्दै महानगरले तिरायो १५ हजार जरिवाना
काठमाडौं,७ पुस । काठमाडौं महानगरले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गराएको छ ।
नगर प्रहरी बलले महानगरपालिकाको ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको बताउँदै निरज न्यौपानेलाई जरिवाना तिर्न लगाएको हो ।
काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना तोक्दै आइरहेको छ ।
पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायतका विषयमा महानगर प्रहरीले निगरानी गरिरहेको छ ।