सिप्रदीको ‘एक्समस एक्सचेन्ज’: पुराना गाडीसँग ‘टियागो र पन्च इभी’ साट्न सकिने

सिप्रदीको ‘एक्समस एक्सचेन्ज’: पुराना गाडीसँग ‘टियागो र पन्च इभी’ साट्न सकिने

काठमाडौं, ९ पुस । नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले क्रिसमस अवसरमा १० पुस देखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको छ । टाटाका गाडी लिन खोज्ने ग्राहकलाई लक्षित गर्दै सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा टाटा मोटर्सका जुनसुकै ब्रान्डका पुराना गाडी अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभीसँग साट्न सकिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका देशभरका शोरुममा उक्त 'एक्समस एक्सचेन्ज' कार्यक्रम  हुनेछ ।

यस योजनाअन्तगर्त गाडी साँट्ने ग्राहकले ‘आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमार्फत आई फोन १६ प्रो समेत प्राप्त गर्न सक्ने मंगलबार जारी सिप्रदीको विज्ञप्तिमा बताइएको छ ।

त्यस कार्यक्रममा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

साथै, नयाँ गाडी खरिद गरेर यस योजनाअनुसार प्राप्त हुनसक्ने सुविधासहितका फाइदा उठाउनका लागि विज्ञप्तिमार्फत कम्पनीले अनुरोध समेत गरेको छ ।