एसबीआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण
काठमाडौँ, १० पुस । नेपाल एसबीआई बैंकले सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका वडा नं-२, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालयलाई स्थानान्तरण गरेको छ ।
बैंकले सिद्धार्थनगर नगरपालिका वडा नं-८ नारायणपथ, भैरहवामा स्थानान्तरण गरेको जानकारी दिएको हो । स्थानान्तरित सो कार्यालयबाट बैंकले सेवासमेत शुभारम्भ गरेको बैंकले जनाएको छ ।
नयाँ कार्यालय भवनको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरे ।
बैंकको देशभर सय शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, १९ वटा शाखारहित बैंकिङ सेवा र ७ वटा प्रदेश कार्यालय रहेको छ ।