सातदोबाटोमा खुल्यो सबै ब्राण्डका स्कुटर पाइने ईभी मार्ट

काठमाडौं, १४ पुस । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट सञ्चालनमा आएको छ ।
श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
अहिले बजारमा भारतीय र चाइनिज गरी लगभग ७०-८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका हुँदा कम्पनीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेको श्रेष्ठको भनाइ छ ।
इभी मार्टमा विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।