नबिल बैंकको सिनियर डीसीइओमा मनोज ज्ञवाली
काठमाडौं, १५ पुस । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बैंकको सिनियर डेपुटी सीइओमा बढुवा भएका छन् । बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई डेपुटी सीइओबाट सिनियर डेपुटी सीइओमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस संगै बैंकमा दुई जना डेपुटी सीइओ भएका छन् । सुजित कुमार शाक्य यस अघि नै बैंकको सिनियर डेपुटी सीइओ थिए ।
२०७७ जेठमा नायव महाप्रबन्धकको रुपमा ज्ञवाली नबिल बैंक प्रवेश गरेका थिए । त्यसपछि उनी महाप्रबन्धक, डेपुटी सीइओ हुँदै अहिले सिनियर डेपुटी सीइओमा बढुवा भएका हुन् ।
हाल नबिल बैंकको सीइओ ज्ञानेन्द्र ढुंगाना छन् । उनको कार्यकाल आगामी असारमा सकिँदै छ । त्यसपछि मनोज ज्ञवाली बैंकको सीइओ बन्न सक्ने चर्चा छ। उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।