नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पायो हरित जलवायु कोषबाट मान्यता
काठमाडौं, २८ पुस । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले हरित जलवायु कोष ९जीसीएफ०बाट मध्यम क्याटगोरीको मान्यता प्राप्त गरेको छ । यससँगै बैंकले पाँच करोड अमेरिकी डलरदेखि २५ करोड अमेकिी डलरसम्मका योजना व्यवस्थापन गर्न पाउने भएको छ ।
बैंकले यो मान्यता प्राप्त गर्ने आफू नेपालको पहिलो संस्था एवं बैंक भएको बताएको छ । हरित जलवायु कोष वा ग्रिन क्लाइमेट फन्ड–जीसीएफ १९४ राष्ट्रबाट अनुमोदित संयुक्त राष्ट्रसंघको सन् २०१० को जलवायुसम्बन्धी पेरिस सम्झौताको महत्त्वपूर्ण हिस्सा हो ।
एनआईएमबीका सीईओ ज्योती प्रकाश पाण्डेले जीसीएफबाट मान्यता प्राप्त गर्नु गौरवको कुरा भएको बताएका छन् । यसले दिगो र हरित लगानीमा सहकार्यका लागि थुप्रै अवसर प्रदान गरेको बैंकले जनाएको छ ।
एनआईएमबीले ऊर्जा उत्पादन तथा पहुँच, यातायात, मानिस तथा समुदायको जीविकोपार्जन, दिगो कृषि, स्वास्थ्य, खाद्य तथा पानी सुरक्षालगायत मुख्य जलवायु चुनौतीलाई सम्बोधन तथा न्यूनीकरण अनुकूलन परियोजनालाई प्राथमिकता दिने बताएको छ ।