शपथ लिएको दिनमै १०० भन्दा बढी आदेश जारी गर्ने तयारीमा ट्रम्प
काठमाडौं, २८ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै १०० भन्दा बढी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । यी आदेश सीमा सुरक्षारआप्रवासन नीतिलगायतमा केन्द्रित हुनेछन् ।
ट्रम्पले रिपब्लिकन सिनेटरसँग क्यापिटल हिलमा गोप्य बैठक गरी आगामी कदमको जानकारी दिएका हुन् । ट्रम्पले आगामी २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् । अधिकांश आदेश सोही दिन जारी गर्ने तयारी छ । ट्रम्पका प्रमुख सल्लाहकार स्टीफन मिलरले सीमा सुरक्षा र आप्रवासनका उपायबारेमा सिनेटरलाई जानकारी दिए ।
ट्रम्पले बाइडेन प्रशासनका कार्यकारी आदेशहरू उल्ट्याउने र आफ्ना प्रस्ताव लागू गर्ने योजना बनाएका छन्,जसमा अमेरिका–मेक्सिको सीमा पर्खाल निर्माण र आप्रवासी नियन्त्रणमा केन्द्रित छन् । सिनेटर जेम्स ल्यान्कफोर्डका अनुसार, ट्रम्पले १० लाख आप्रवासीहरूको देश निकालाको तयारी गरेका छन् ।
हालका राष्ट्रपति जो बाइडेनले आगामी १५ जनवरीमा ह्वाइट हाउसमा विदाइ मन्तव्य दिने तयारी गरेका छन् ।