बीवाइडीका सबै कारमा ‘अटोनोमस ड्राइभिङ सिस्टम’

बीवाइडीका सबै कारमा ‘अटोनोमस ड्राइभिङ सिस्टम’

काठमाडौं, २९ पुस । जर्मनीको मल्टीनेशनल इन्भेस्टमेन्ट बैंक ‘दोयचे’ले चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडी ग्रुपले आफ्ना सबै मोडलहरुमा अटोनोमश ड्राइभिङ सिस्टम रहने दावी गरेको छ ।  सन् २०२५ मा बीवाइडीले विश्वभर ५५ लाख युनिट कार बिक्री गर्ने दोयचे बैंकले जनाएको छ।

बैंकले गरेको सन् २०२५ को बिक्री प्रक्षेपण अनुसार बीवाइडी ब्राण्डको मात्रै बिक्री ५१ लाख हुनेछ । यो संख्या अघिल्लो वर्षको भन्दा २५ प्रतिशतले धेरै हो ।

त्यस्तै बीवाइडी ग्रुप भित्र रहेको अर्को ब्राण्ड डेन्जाको बिक्री शतप्रतिशतले वृद्धि भएर २ लाख ५० हजार युनिट पुग्ने अनुमान गरिएको छ । अर्को लाइफ स्टाइल अफरोड ब्राण्ड फेङचेङ बाओको बिक्री भने १८४ प्रतिशतले बढेर १ लाख ६० युनिट हुने अनुमान गरिएको छ ।

जर्मनी बैंकले बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङको बिक्री भने गत वर्षको जस्तै समान ७ हजार ५ सय युनिट हुने अनुमान गरेको छ । दोयचे बैंकका अनुसार बीवाइडीले सन् २०२५ मा अन्तर्राष्ट्रिय बिक्री समेत ९२ प्रतिशत बढाउने छ । उसले एक वर्षमा विश्वभर ८ लाख युनिट कार बिक्री गर्नेछ ।

बीवाइडीले हालैमात्र सकिएको २०२४ मा ४२ लाख ७२ हजार १४५ युनिट सवारी बिक्री गरेको छ । यो संख्या अघिल्लो वर्षको भन्दा ४१.२६ प्रतिशतले बढी हो । त्यस्तै कम्पनीले सन् २०२४ मा निर्यात बजारमा ७१.८६ प्रतिशतले बिक्री बढाउँदै ४ लाख १७ हजार २०४ युनिट पुगेको जनाएको छ ।