आईसीसी यू-१९ महिला टी-२० विश्वकप: बंगलादेशलाई नेपालले दियो ५३ रनको लक्ष्य

आईसीसी यू-१९ महिला टी-२० विश्वकप: बंगलादेशलाई नेपालले दियो ५३ रनको लक्ष्य

काठमाडौँ, ५ माघ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले जितका लागि बङ्गलादेश सामू ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै  बनाउन  सक्यो ।

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै, सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए ।

बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।