सोमबार २२ मंसिर, २०८२

नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउँदै सिप्रदी, फागुन पहिलो सातादेखि बिक्री गर्ने तयारी

नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउँदै सिप्रदी, फागुन पहिलो सातादेखि बिक्री गर्ने तयारी

काठमाडौं, १३ माघ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फागुन पहिलो साताबाट नयाँ इलेक्ट्रीक एसयूभी बिक्री सुरु गर्ने भएको छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध कर्भ कुप्पे एसयूभी बिक्री थाल्ने कम्पनीले  जनाएको हो । 

भारतमा ६ महिना अगाडि नै लन्च भएको कर्भ इलेक्ट्रीक एसयूभी कम्पनीले ढिलोगरी नेपाल ल्याउन लागेको हो । सिप्रदीले सेप्टेम्बरमा पन्च ईभी नेपाल ल्याएको कारण पनि कर्भ ईभी ल्याउन केही ढिलाई गरेको हो ।

सिप्रदी स्रोतका अनुसार, नयाँ मोडल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । फेब्रुअरी दोस्रो सातासम्म बिक्री सुरु गर्ने तयारी भइरहेको छ । त्यसको लागि आवश्यक तयारी भइरहेको कम्पनीको दाबी छ ।

कम्पनीले ल्याउने नयाँ कर्भ ईभीले बजारमा रहेका कम्प्याक्ट एसयूभी सेग्मेन्टका सबै मोडलसँग सिधा प्रतिस्पार्धा गर्नेछ । सबैभन्दा ठूलो बजार हिस्सा रहेको सेग्मेन्टमा सिप्रदीले कर्भलाई उतार्न लागेको बताइएको छ । 

यस्ता छन् विशेषताहरु :

टाटा मोटर्सले आफ्नो पहिलो कुप्पे डिजाइन एसयूभी कर्भलाई भारतमा दुई ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ । कर्भको मिड रेन्ज मोडल एमआरमा ४५ र लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ ।

एआरएआईका अनुसार मिड रेन्ज मोडलले सिंगल चार्जमा ५०२ किलोमिटर र लङ रेन्ज मोडलले ५८५ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । तर, यी दुबै मोडलको वास्तविक सडकमा आउने रेन्ज भने कम हुनेछ । टाटा मोटर्सले भने कर्भ ईभीको ४५ र ५५ किलोवाट आवर क्षमताको ब्याट्रीले क्रमशः ३४० र ४०० किलोमिटरसम्म रेन्ज दिने दावी छ ।

सिप्रदीले कुन ब्याट्री अप्सनमा कर्भ ईभी ल्याउँछ भन्ने एकिन जानकारी दिएको छैन । तर, दुबै ब्याट्री अप्सनमा कर्भ आउने अनुमान गर्न सकिन्छ ।

टाटाले कर्भ ईभीमा ब्याट्री जस्तै मोटर पनि फरक साइजमा उपलब्ध गराएको छ । भारतीय बजारमा ५५ किलोवाट आवरको ब्याट्री प्याकसँग १२५ किलोवाट मोटर दिएर बिक्री गर्दै आएको छ । जबकी सानो ४५ किलोवाट अवारको ब्याट्रीसँग ११२ किलोवाट क्षमताको मोटर दिएको छ ।

नेपाल सरकारले मोटर पावरका आधारमा कर लगाएको कारण अधिकांश कम्पनीले मोटर पावर घटाएर ल्याउँदै आएका छन् । यस्तोमा सिप्रदीले पनि ९९ किलोवाट क्षमताको मोटरमा कर्भ ईभी ल्याउने अनुमान गर्न सकिन्छ । त्यसको एकिन जानकारी भने सिप्रदीले अहिलेसम्म दिएको छैन । कर्भ कुप्पे एसयूभीको एक्सेलरेसन पनि उत्कृष्ट छ । यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन ९ सेकेन्ड मात्रै लाग्छ ।

कर्भ ईभीको लम्बाइ ४३१० एमएम, चौडाई १८१० एमएम र उचाइ १६३० एमएम छ । यसमा २५६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । कर्भ ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

यसमा १८ इन्चको अलोय दिइएको छ । ५०० लिटरको ठूलो बुट स्पेश रहेको एसयूभीलाई ४५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

अत्याधुनिक फिचरहरुले सुसज्जित कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा उपलब्ध छ । ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल बटम, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छन् ।

त्यसैगरी, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउण्ड सिस्टम कर्भ ईभीमा पाउन सकिन्छ ।

भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ डाउजीनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेभल २ एडास फिचर रहेका छन् ।