प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध

प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसदहरू उभिएका छन् । उनीहरूले धारणा राख्नका लागि समय मागेका छन् । 

सभामुखले दलीय आधारमा समय निर्धारण गरेकाले बसिदिन आग्रह गरिरहेका छन् । उनले दलीय आधारबाट तय भएको समयमा नै धारणा राख्न आग्रह गरेका छन् ।

संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । आजको बैठकमा शीर्ष नेताहरूले धारणा राख्ने कार्यसूची तय भएको छ ।