प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको ‍प्रचण्डको सचिवालयले जनाएको छ ।
