बुधबार २३ माघ, २०८१

टिकटक चलाउनेलाई नेपाल टेलिकमबाट ४८ रुपैयाँमै २० जीबी डेटा !

टिकटक चलाउनेलाई नेपाल टेलिकमबाट ४८ रुपैयाँमै २० जीबी डेटा !

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्‍म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् ।

उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेटको भ्वाइस प्याकेज पाउनेछन् । यस्तै ग्राहकले ४९९ रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड अलनेट भ्वाइसकल गर्न सक्नेछन् ।

त्यस्तै, ५९९ रुपैयाँमा एकमहिनाभरी अनलिमिटेड डेटा प्याक चलाउन पाउने सुविधा दिएको छ ।यस्तै ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डेटा प्याक एक महिनाका लागि ग्राहकले सुविधा पाउनेछन् । साथै सोही रकम (९७७रुपैयाँ) तिरेर नेपाल टेलिकमको फेस्टिभ कम्बो प्याक पनि लिक सक्नेछन् ।

यसैगरी टेलिकमले माघ २२ गतेदेखि फागुन २१ गतेसम्म लागु हुने गरी नयाँ तथा पुराना ग्राहकका लागि एफटीटीएच मार्फत ५०\७५\१००\१५० तथा २ सय एमबीपीएसको वार्षिक प्याकेज लिएर आएको छ। यो प्याकेज खरिद गर्दा ग्राहकले १ महिनाको थप सेवा पाउने टेलिकमले जनाएको छ । साथै दुई वर्षको समयावधिको एफटीटीएच प्याकेज किनेमा ग्राहकले १५ प्रतिशत छुटसमेत पाउनेछन् ।

यसैगरी टेलिकमले सामाजिक सञ्जाल टिकटक प्याकेज पनि लिएर आएको छ । दैनिक टिकटक चलाउने ग्राहकलाई टेलिकमले ४८ रुपैयाँमै ५ एमबीपीएस स्पीड क्षमताको २० जीबी डेटा र थ्रोटल १ एमबीपीएस उपलब्ध गराउने सुविधा दिएको छ ।

यस्तै हप्तादिनसम्म टिकटक चलाउने ग्राहकलाई भने १७० रुपैयाँमा दैनिक २० जीबी डेटा र ५ एमबीपीएसको, थ्रोटल २ एमबीपीएसको प्याकेज प्रदान गर्ने नेपाल टेलिकमले जनाएको छ ।