छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण
![छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/roboyt_P6mB9BGMzD_rzo2tcqmgo7y4gmoa1nujiryltntafetw5omw9wikjrosdqqtyg7oeohbjgj_gH8eSklbnJ_6tpns286u4r13dmy2ns89itc6odnnck6dakxwwexmqh2qavyuf1zucfa8fo9.jpg)
एजेन्सी, २८ माघ । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ ।
सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण गरिएको हो । आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहज रूपमा हिँड्न सक्छ ।
रोबोटका विकासकर्ताहरूका अनुसार यसले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार दुई घण्टासम्म काम गर्न सक्छ । यस्ता रोबोटहरू उपकरणहरू निरीक्षण गर्न, खिया र तेल चुहावटको निगरानी गर्न प्रयोग हुने गरेका छन् ।