बुधबार ३० माघ, २०८१

थ्री बाई थ्री नेपाल बास्केटबलको सेमिफाइनल समीकरण पूरा

थ्री बाई थ्री नेपाल बास्केटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं,  ३० माघ । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे ।

क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरे ।

सेमिफाइनलमा टाइम्सले राइभल इन्डिया तथा होउन्ड्सले राइभल पाकिस्तानको सामना गर्नेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्टमा जारी प्रतियोगिताको सेमिफाइनल र फाइनल बुधबार हुनेछ ।

प्रतियोगितामा नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए ।