बिहीबार ०१ फागुन, २०८१

भ्रातृ संस्थाको अधिवेशनबारे छलफल गर्न कांग्रेस बैठक आह्वान

भ्रातृ संस्थाको अधिवेशनबारे छलफल गर्न कांग्रेस बैठक आह्वान

काठमाडौं, १ फागुन । भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेस बैठक आह्वान गरिएको छ । छलफलका लागि सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षलगायतको संयुक्त बैठक आज बस्ने गरी आह्वान गरिएको हो ।

भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ । तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ ।

पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ ।