ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने
![ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/y4b2adsl_jdpwSR2cJX_Tmhl86Xj7t_edcuekdtfjsdtjxlsqnuaf3kk5y45c80cknlux73a9u04qblnajopbpyo8v4_gGwJ08VBvM_jkvl0ae0fsruk8vs3s8kvikupj6koyybcdp2i8djjco3zukjikkvqk8bl8jr.png)
वासिङ्टन, १ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच साउदी अरेबियामा भेटवार्ता हुने भएको छ।
ह्वाइट हाउसमा उनले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसबारे जानकारी दिएका हुन्। उनले पुटिनसँग फोनमा कुरा भएको र भेट्ने तय भएको पुष्टि गरे।
उनले भने, ‘हामी साउदी अरेबियामा भेट्नेछौँ।’
यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन्।
यसअघि राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध ‘तुरुन्तै’अन्त्य गर्न वार्ता सुरु गर्न पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहमत भएको बताएका थिए।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको बताउँदै अमेरिकी राष्ट्रपतिसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
रुस र युक्रेनबीचको युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो। त्यसबेलादेखि, अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ।