टुँडिखेलमा मनाइयाे प्रजातन्त्र दिवस, हेर्नुहोस् तस्बिर

काठमाडौं, ७ फागुन । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज एक विशेष कार्यक्रमको आयोजना गरि मनाइयो ।
यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगाएत उच्च पदस्त सरकारी कर्मचारीको सहभागीता रहेको थियो ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित यस कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरी विभिन्न कला कौशल प्रस्तुत गरेका थिए । यसैगरी नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पबृष्टि गरेको थियो । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।