सोमबार २२ मंसिर, २०८२

टाटाको पहिलो कुप–स्टाइल एसयूभी 'कर्भ', औपचारिक रुपमा सार्वजनिक हुँदै

टाटाको पहिलो कुप–स्टाइल एसयूभी 'कर्भ', औपचारिक रुपमा सार्वजनिक हुँदै

काठमाडौं, ११ फागुन । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी कूप आज (आइतबार) नेपाली अटो बजारमा सार्वजनिक गर्ने भएको छ । जसले नेपाली अटोप्रेमीहरूको ध्यान तान्ने अनुमान गरिएको छ ।

एसयूभी कूप डिजाइन पछिल्ला वर्षहरूमा विश्वभर निकै चर्चित बनेको छ । पारम्परिक एसयूभीको बलियो बनावट र कूपको स्टाइलिस लुक्सको संयोजनले गर्दा एसयूभी कूप लोकप्रिय भएका हुन् ।

नेपाली बजारमा पनि पछिल्लो समय लक्जरी गाडी प्रेमीहरूका माझ ‘एसयूभी कुप’को माग बढ्दै गएको छ । सोही मागलाई टाटा कर्भ इभीले पूरा गर्ने अपेक्षा गरिएको छ ।

एसयूभी कूप भनेको के हो ?

कूप डिजाइनको इतिहास निकै पुरानो छ । यो अवधारणा सुरुमा घोडा गाडीमा देखिएको थियो, जुन पछि कार उद्योगमा पनि विकसित हुँदै आयो । पारम्परिक कूप गाडीहरू दुई ढोका र लो–रूफलाइन भएका स्टाइलिश स्पोट्र्स कारहरू मात्र थिए तर, समयक्रमसँगै कूप डिजाइनमा परिवर्तन आयो, जसले गर्दा चार–ढोके र पछिल्लो समयमा एसयूभी कूपहरू देखा पर्न थालेका हुन्।

एसयूभी कूपमा एसयूभीको दमदार उपस्थितिलाई कूपको एरोडाइनामिक स्टाइलसँग मिसाइएको हुन्छ । यी गाडीहरू सामान्य एसयूभी भन्दा अग्ला, फराकिला तर कूप जस्तै लो–रूफलाइन र स्टाइलिस हुन्छन्।


टाटा कर्भ इभी नयाँ डिजाइन:

टाटा मोटर्सले अब आधुनिक एसयूभी कूप सेग्मेन्टमा आफ्नो प्रविधि र डिजाइनको उत्कृष्ट नमुना पेश गर्दैछ । टाटाले पहिला नै ‘टाटा कर्भ ईभी’ लन्च गरिसकेको थियो । उक्त सेग्मेन्टले धेरै सकारात्मक प्रतिक्रिया पाएका कारण टाटाले टाटा कर्भ ईभी–एसयूभी कूप सार्वजनिक गर्ने तयारी गरेको हो ।

टाटा कर्भ इभीका विशेषता:

१. फ्यूचरिस्टिक डिजाइनः टाटा कर्भ ईभीमा लो–रूफलाइन, शार्प कटिङ डिजाइन र प्रिमियम लुक्स रहनेछ।

२. इलेक्ट्रिक पावरट्रेनः कर्भ इभी पूर्ण रूपमा इलेक्ट्रिक एसयूभी कूप हुनेछ, जसले पर्यावरणमैत्री प्रविधि र उत्कृष्ट माइलेज प्रदान गर्नेछ।

३. प्रिमियम इन्टेरियरः उच्चस्तरीय इन्टेरियर, डिजिटल डिस्प्ले, एडभान्स इन्फोटेनमेन्ट सिस्टम र शानदार आरामदायी सिटहरू यसमा उपलब्ध हुनेछन्।

४. एडभान्स टेक्नोलोजीः एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएस), कनेक्टेड कार फिचर र उत्कृष्ट सेफ्टी मापनहरूसमेत यसमा समावेश गरिएका छन्।

एसयूभी कूपको लोकप्रियता किन बढ्दैछ ?

पछिल्ला वर्षहरूमा विभिन्न लक्जरी ब्रान्डहरूले एसयूभी कूप डिजाइन नै प्रयोग गरिरहेका छन्। मर्सिडीज बेन्ज जिएलई कूप, बिएमडब्लु एक्स सिक्स, अडी क्यू८, ल्याम्बोर्गिनी उरुस, पोर्श केयेन कूप जस्ता विश्वविख्यात ब्राण्डका गाडीहरूले यस सेग्मेन्टलाई नयाँ उचाइमा पुर्‍याएको हो ।

टाटा मोटर्स पछिल्ला वर्षहरूमा इलेक्ट्रिक गाडी बजारमा अग्रणी स्थानमा छ । नेक्सन इभी, टिगोर ईभी, टियागो ईभी जस्ता चार पाङ्ग्रे गाडीका साथ बजारमा राम्रो उपस्थिति जमाइसकेको टाटाले अब कर्भ इभी मार्फत एसयूभी कूप सेग्मेन्टमा पनि नयाँ तरंग ल्याउने विश्वास गरिएको छ ।