म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सय बढी घाइते

काठमाडौं, ४ चैत । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ । त्यस्तै एकसय बढीलाई अस्पताल भर्ना गरिएको छ ।
स्थानीय समयानुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको थियो ।
क्लबको सम्पूर्ण भवनमा एउटा मात्र प्रवेश र बाहिर निस्कने बिन्दु एउटामात्र रहेकाले कोलाहल समेत मच्चिएको थियो । अधिकारीहरूले क्लब अवैध रूपमा सञ्चालन भइरहेको र क्षमताभन्दा धेरै मानिसहरू रहेको बुझिएको छ ।
स्थानीय प्रहरीले कम्तिमा १५ जनालाई सोधपुछको लागि हिरासतमा लिइएको छ र घट्नाको थप अनुसन्धान गरिरहेका छन्। घट्नापछि आगलागीमा ज्यान गुमाएकाहरूको सम्मानमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ । उत्तरी म्यासेडोनियाले सात दिनको शोक घोषणा समेत गरेको छ ।