बिहीबार १४ चैत, २०८१

सिंहदरबारमा शीर्ष नेताहरूको छलफल सुरु

सिंहदरबारमा शीर्ष नेताहरूको छलफल सुरु

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउने विषयमा सिंहदरबारमा शीर्ष नेताहरूको छलफल सुरु भएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' छन् । 

त्यस्तै गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्ति बस्नेत र पूर्वसंविधानसभा सदस्य खिमलाल देवकोटा छन् । बैठकमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।