बिहीबार २५ मंसिर, २०८२

इजरायल-इरान: शैन्यशक्तिमा को कति शक्तिशाली ?

इजरायल-इरान: शैन्यशक्तिमा को कति शक्तिशाली ?

काठमाडौं । इजायलले इरानका परमाणु कार्यक्रम स्थलहरूमा आक्रमण गरेको इजरेली डिफेन्स फोर्सेज् (आईडिएफ)ले बताएको छ। त्यसक्रममा राजधानी तेहरानमा विस्फोटहरू सुनिएका छन्।

इजायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशको कदम 'आवश्यक परेजति कैयौँ दिन' चल्ने बताएका छन्।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले हमला गरेर इजायलले उसको 'नीच स्वभाव' प्रकट गरेको भन्दै उक्त देशले 'आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यम्भावी रहेको' प्रतिक्रिया दिएका छन्।

'हमला गरेर इजायलले आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यम्भावी रहेको' इरानी सर्वोच्च नेताले बताएको समाचार संस्था रोएटर्सले उल्लेख छ।

मध्यपूर्वका यी दुई देशबीच यदि ठूलै युद्ध भयो भने कुन पक्षको अवस्था कस्तो देखिएला?

इन्टर्न्याश्नल इन्स्टिट्यूट फर स्ट्रटीजिक स्टडीज (आईआईएसएस)ले दुवै देशका सेनाको गोलाबारी गर्न सक्ने क्षमताको तुलना गरेको छ।

आधिकारिक र खुल्ला स्रोतबाट उपलब्ध विवरण प्रयोग गर्दै यथासम्भव मिल्दो सङ्ख्या गणना गरिएको छ।

स्टक्होम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटजस्ता अरू संस्थाहरूले त्यसबारे आकलन गरेका छन्। तर तथ्याङ्क सार्वजनिक नगर्ने देशहरूसँग सम्बन्धित अनुमानित सङ्ख्या भिन्न हुन सक्छ।

यद्यपि पीस रिसर्च इन्स्टिट्यूट ओस्लो (पीआरआईओ) का निकोलस मार्शका अनुसार विश्वभरि कुनै देशको सैन्य शक्तिको मूल्याङ्कन गर्न आईआईएसएसलाई अग्रणी मानिन्छ।

आईआईएसएसका अनुसार इजायलले रक्षा क्षेत्रमा इरानले भन्दा बढी खर्च गर्छ। त्यसो हुँदा सम्भावित द्वन्द्वमा उसलाई ठूलो शक्ति मिल्छ।

आईआईएसएसका अनुसार सन् २०२२ र २०२३ मा इरानको प्रतिरक्षा बजेट ७.४ अर्ब डलर थियो भने इजरेलको त्यसको दोबरभन्दा बढी अर्थात् १९ अर्ब डलर थियो।

इजायलको जीडीपी अर्थात् कुल गार्हस्थ्य उत्पादनसँगको तुलनामा उसको रक्षा खर्च पनि इरानको भन्दा दोबर छ।

आईआईएसएसको विश्लेषण अनुसार इजायलसँग लडाइँमा पठाउन ३४० वटा सैन्य विमान छन्। यसबाट उसको निसाना बनाएर हवाई आक्रमण गर्ने क्षमता देखिन्छ।

इजायलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने एफ-१५ जेट विमानहरू, रेडार छल्न सक्ने एफ-३५ जेट विमानहरू र चाँडो आक्रमण गर्न सक्ने हेलिकप्टरहरू छन्।

‘आइरन डोम’ र ‘एरो’ इजरेली प्रतिरक्षा प्रणालीका मेरुदण्ड हुन्।

मिसाइल इन्जिनियर युजि रुबिन ‘इजरेल मिसाइल डिफेन्स अर्गनाइजेशन’का संस्थापक हुन्। अहिले उनी ‘जेरुसलेम इन्स्टिट्यूट फर स्ट्रटीजिक एन्ड सिक्युअरटी’मा वरिष्ठ अनुसन्धानकर्ता छन्।

'आइरन' डोम तथा विदेशी साझेदारहरूको सहयोगमा इरानले प्रहार गरेका क्षेप्यास्त्रहरू नष्ट पारिएको देख्दा आफूलाई निकै सुरक्षित अनुभूति भएको उनले बताए।

-बिबिसी नेपाली सेवाबाट