आइतबार २१ मंसिर, २०८२

सवारी साधन आयात, उत्पादन तथा जडान निर्देशिकाबारे यातायात व्यवस्था विभाग र नाडाबीच छलफल

सवारी साधन आयात, उत्पादन तथा जडान निर्देशिकाबारे यातायात व्यवस्था विभाग र नाडाबीच छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माँग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माग, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा GPS अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।

सो छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राखे । यसै क्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउँदै छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गरे ।

सो बैठकमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको बताए ।

छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदैै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताए ।

सोही छलफलको क्रममा उनले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाई रहेको भए पनि अव सरकार व्यवसायीहरुको परिपुरकको रुपमा उभिने बताउँदैै देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठूलो भूमिका हुने बताए ।

विभागसंग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासंग सहकार्य गरेर अघि बढन सकिने बताउदै सहि समयमा सही छलफल भएको धारणा राखे ।

उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराएका थिए । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।

सवारी साधन आयात, उत्पादन तथा जडान निर्देशिका २०८२ मा यातायात व्यवस्था विभाग र नाडाबीच छलफल

काठमाडौं । नेपालमा सवारी साधन आयात, उत्पादन र जडान सम्बन्धी स्पष्ट नीतिगत खाका बनाउने उद्देश्यले यातायात व्यवस्था विभागले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान निर्देशिका २०८२ बारे आज विस्तृत छलफल भएको छ। नाडाका अध्यक्ष करण चौधरी को नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल सँग भेटेर निर्देशिकाका विभिन्न पक्षमा विचारविमर्श गरेको हो।

बैठकमा विशेषगरी सवारी आयात, उत्पादन, जडान र यससँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल गरियो। छलफलका क्रममा उठेका प्रमुख बुँदाहरू यस प्रकार छन्:

विद्युतीय सवारी साधन: विद्युतीय सवारीको वारेन्टी, ग्यारेन्टी, आधिकारिक सर्भिस सेन्टर र चार्जिङ स्टेशनको व्यवस्था अनिवार्य गरेर मात्र आयात गर्न पाउने यातायात व्यवसायी महासंघको माग।

नम्बर प्लेट र ब्याट्री व्यवस्थापन: सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने र प्रयोग भइसकेका ब्याट्रीहरूको दीर्घकालीन व्यवस्थापन।

नियमन तथा प्रमाणीकरण: डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगोको प्रयोग नियन्त्रण।

प्राविधिक पक्ष: मोटर क्षमता र सिट संख्यामा देखिएको विवादको समाधान।

भन्सार तथा मूल्य निर्धारण: भन्सार महसुल निर्धारणका लागि आधारहरूको सिफारिस।

ट्याक्सी व्यवसायीको गुनासो: ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो।

प्रविधि: आयात हुने सवारीमा GPS अनिवार्य गर्ने लगायतका विषय।

नाडा र विभागको धारणा

छलफलका क्रममा नाडाका अध्यक्ष चौधरीले निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनुपर्ने धारणा राख्दै यस सम्बन्धमा नाडामा विस्तृत छलफल गरी विभागलाई सुझाव पठाउने प्रतिबद्धता व्यक्त गरे। उनले छलफलका लागि नाडालाई बोलाएकोमा विभागप्रति आभार पनि प्रकट गरे। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ ले निर्देशिकामा रहेका केही बुँदाहरू नेपालको सन्दर्भमा व्यावहारिक बनाउनुपर्ने र कतिपय जटिल विषयमा थप छलफलको आवश्यकता रहेको औंल्याए।

विभागका महानिर्देशक राजिव पोखरेलले नेपालमा सवारी साधन आयात, उत्पादन तथा जडानका सम्बन्धमा कुनै स्पष्ट नीति नियम नभएकाले यो निर्देशिका ल्याउन लागिएको बताए। उनले यसका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी दिँदै सरकारले व्यवसायीहरूका लागि व्यवधान सिर्जना गर्ने आम बुझाइ रहेको भए पनि अब सरकार व्यवसायीहरूको परिपूरकको रूपमा उभिने र देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो भूमिका हुने बताए।

भविष्यको सहकार्य

छलफलका क्रममा नाडाका अध्यक्ष चौधरीले सवारी साधनहरूका लागि टेष्टिङ फेसिलिटीको व्यवस्था गर्न विभागसँग सहकार्य गर्न सकिने प्रस्ताव राखेका थिए। यसमा प्रतिक्रिया दिँदै महानिर्देशक पोखरेलले मुख्यतः तीनवटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने भन्दै सही समयमा सही छलफल भएको धारणा राखे।

उक्त छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव ले नेपालमा सवारी साधन आयात सम्बन्धी व्यवस्थाहरूका बारेमा विस्तृत जानकारी गराएका थिए। बैठकमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो। यस छलफलले सवारी साधन उद्योगको नियमन र विकासका लागि महत्वपूर्ण कदम चालेको मानिएको छ।