आइतबार २१ मंसिर, २०८२

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भृकुटीमण्डपमा सुरु, अर्थमन्त्रीले गरे उद्घाटन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भृकुटीमण्डपमा सुरु, अर्थमन्त्रीले गरे उद्घाटन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहिलो नाइमा नेपाल मोविलिटी एक्स्पो उद्घाटन गरेका छन् । आजबाट सुरु भएको मोविलिटी एक्स्पो ५ दिनसम्म चल्ने छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको मोविलिटी एक्स्पो उद्घाटन अगाडि नै तयारी अवलोकन गरेर मन्चमा पुगेका अर्थमन्त्रीले प्रदर्शनीको गुणस्तर वृद्दि भएको र ब्यवस्थापन निकै चुस्त रहेको बताए ।

‘निकै ब्यवस्थीत तरिकाले अटो शो आयोजना भएको रहेछ । नयाँ गाडीको उपस्थिति पनि बाक्लै देखियो’, अर्थमन्त्री पौडेलले भने ।

कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह बैंद्यले स्वागत मन्तब्यको क्रममा सडकका गुणस्तर वृद्धि, यातायातमैत्री ऐन र कानुन निर्माणमा सरकारले काम गर्नु पर्ने बताए । उनले भृकुटीमण्डमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणमा जोड दिएकी थिइन् ।

हिलो र धुलो रहित सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै अर्थमन्त्रीले भने, ‘सडकको गुणस्तर सुधारमा पनि हाम्रो प्राथमिकता छ । सिमेन्ट, रोडको प्रयोग पनि सडक निर्माणमा थाल्दैछौं । प्रविधिको प्रयोगबाट हामी गुणस्तरिय सडक निर्माण गर्नेछौं । सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन बजेट छुट्टाएको र अबको तीन वर्ष भित्र प्रदर्शनी केन्द्र बन्नेछ ।’

नीतिगत स्थीरता भन्दै ब्यवसायीले धारणा राखेको प्रति इगित गर्दै अर्थमन्त्रीले भने, ‘निजी क्षेत्रसँग सहकार्य र सम्वाद गरेर नै बजेट निर्माण गरेका हौं । यस्तोमा धेरै कुरा स्थीर राखिएको छ ।’