चार्जर नचाहिने टोयोटा यारिस क्रस हाइब्रिड : के छन् अरू खास विशेषता ? मूल्य कति ?
एजेन्सी । जापानी अटो ब्रान्ड टोयोटा र नेपालको सम्बन्धलाई ५८ वर्ष भइसकेको छ। सन् १९६७ मा व्यवसायी विजय गजानन्द वैद्यले युनाइटेड ट्रेडर्स सिन्डिकेट (UTS) मार्फत टोयोटा गाडी नेपालमा ल्याएका थिए। पहिलोपटक आयात गरिएको मोडल थियो टोयोटा कोरोना।
भर्खरै सम्पन्न नेपाल मोबिलिटी एक्स्पो (नाइमा) मा टोयोटाले तीनवटा मोडल प्रदर्शन गर्यो— पुरानो टोयोटा कोरोला, नयाँ ल्यान्डक्रुजर २५० र सबैभन्दा चर्चित यारिस क्रस हाइब्रिड। नेपाली बजारमा यारिस क्रसको मूल्य रु. १ करोड २९ लाख तोकिएको छ।
चार्जर बिना ब्याट्री कसरी चार्ज हुन्छ ?
यो हाइब्रिड गाडीको मुख्य आकर्षण भनेकै बाह्य चार्जिङ आवश्यक नपर्ने प्रविधि हो।
ब्याट्री चार्ज हुने तीन तरिका छन्—
इन्जिन चल्दा जेनेरेटरमार्फत चार्ज।
ब्रेक लगाउँदा नष्ट हुने ऊर्जा ब्याट्रीमा सञ्चय।
गति घट्दा वा ओरालोमा पांग्राबाट उत्पन्न ऊर्जा ब्याट्रीमा संचित।
इन्जिन र पावर
१.५ लिटर (१५०० सिसी) पेट्रोल इन्जिन
इन्जिनको शक्ति: करिब ९२ HP
हाइब्रिड मोडमा: करिब ११०–११२ HP
पुरानो टोयोटा कोरोना को ९९४ सिसी इन्जिनले मात्र ३३ HP दिन्थ्यो।
डिजाइन र सुविधा
उचाइ: ५.४३ फिट, चौडाइ: ५.८१ फिट, लम्बाइ: १४.१४ फिट
ग्राउन्ड क्लियरेन्स: ८.२ इन्च (२१० मिमी)
पेट्रोल ट्यांक: ४० लिटर, फुल ट्याङ्कमा ७०० किमी+ यात्रा
स्मार्ट की–फोब, वायरलेस फोन चार्जिङ
प्रिमियम छाला सिट, १०.१ इन्च मल्टिमिडिया स्क्रिन
४००–५०० किलो बुट स्पेस, सनरुफसहित
सुरक्षा प्रविधि
लेन किप असिस्ट
अटोमेटिक इमर्जेन्सी ब्रेकिङ
एडप्टिभ क्रुज कन्ट्रोल
३६०° भ्युका लागि ४ वटा क्यामरा
यसरी, टोयोटा यारिस क्रस हाइब्रिड नेपालमा भर्खरै देखिएको सबैभन्दा आकर्षक हाइब्रिड SUV बनेको छ।
