आइतबार २१ मंसिर, २०८२

‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा सिवाकोटीले जोडी बाँध्ने

‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा सिवाकोटीले जोडी बाँध्ने

काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीलाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने भएको छ ।

आइतबार कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालिमार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धीरज अग्रवालले फिल्मको घोषणा गरेका हुन् ।

ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो । फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने जनाइएको छ ।

निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् । उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि कलाकारको रुपमा छन् ।