आइतबार २१ मंसिर, २०८२

माछापुच्छ्रे बैंकको खुद नाफा १६.९ प्रतिशत घट्यो

माछापुच्छ्रे बैंकको खुद नाफा १६.९ प्रतिशत घट्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६.९५ प्रतिशत घटेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ४१ करोड ७९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो ।

नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु हो । पहिले इम्पेरिमेन्ट चार्ज ४ करोड ‘रिभर्सल’ गरेकोमा अहिले ४६ करोड रुपैयाँ छुट्याइएको छ । जसले गर्दा खुद नाफामा असर परेको हो ।

बैंकको खुद ब्याज आम्दानी १.६ प्रतिशत घटेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ४५ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३.८३ रुपैयाँ छ ।

पहिले यस्तो आम्दानी १६.६६ रुपैयाँ थियो । प्रतिसेयर नेटपर्थ १५४.६० रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ३.१५ प्रतिशत रहेकोमा अहिले ४.१३ छ ।

बैंकको वितरणयोग्य नाफा ११ करोड ४२ लाख रुपैयाँ (प्रतिसेयर ३.७८ रुपैयाँ) ऋणात्मक छ । बजार मूल्य प्रतिकित्ता २१५ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.६१ बाट घटेर ५.८१ प्रतिशतमा झरेको छ ।