सोमबार २२ मंसिर, २०८२

सडकमा उत्रन युवाहरूलाई ओलीको निर्देशन

सडकमा उत्रन युवाहरूलाई ओलीको निर्देशन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन्।

‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्ने छैन । हामीले यसरी गर्दैछौं स्वीकृति दिनुहोस् भन्नुहोस्’ ओलीले भने, ‘स्वीकृत दिनुहुन्न भने स्वीकृति चाहिन्न सडकमा उत्रनुुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’