आइतबार २१ मंसिर, २०८२

एनपीएल क्रिकेटको सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटको सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको  निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन लागेको दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सुरक्षा र अन्तिम तयारीबारे जानकारी लिएका छन्।

बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेल र काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे विवरण लिइएको थियो।

गृहमन्त्री अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त र दुरुस्त राख्न तथा कुनै अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन्। उनले भने, “पहिलोपटक रात्रिकालीन खेल हुने भएकाले यसपालि सुरक्षा व्यवस्था अझ मजबुत र व्यवस्थित हुन आवश्यक छ।”

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले उद्घाटन खेल घरमै बसेर हेर्न आग्रह गरिसकेको छ। क्यानका सचिव पारश खड्काले भिडियो सन्देशमार्फत उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै हेर्न आग्रह गरेका थिए।