आइतबार २१ मंसिर, २०८२

जिमी निशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

जिमी निशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं । न्युजिल्याण्डका चर्चित अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ खेल्न काठमाडौं आइपुगेका छन्। उनी यस सिजन पोखरा एभेन्जर्सबाट खेल्नेछन्।

३५ वर्षीय नीशमलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उनले अघिल्लो सिजन जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए।

टी–२० क्रिकेटमा ३१९ खेलमा ४,४९६ रन बनाउने र २६९ विकेट लिने नीशमले आईपीएल, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग जस्ता विश्वका प्रमुख फ्रेन्चाइज लिगमा खेल्ने अनुभव राखेका छन्।

पोखरा एभेन्जर्सका लागि नीशमको आगमनले ब्याटिङ र बलिङ दुवैमा बल पुर्‍याउने विश्वास गरिएको छ। यसअघि टोलीले कुशल भुर्तेल, रेमन रेइपर, डान डौथवेइट र एडम रोसिङ्गटनलाई अनुबन्ध गरिसकेको छ।