टी-२० अलराउन्डर विश्व वरीयता : दीपेन्द्रसिंह ऐरी सातौँ स्थानमा झरे
काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा सातौँ स्थानमा झरेका छन्।
आईसीसीले मंगलबारसम्मको अपडेट अनुसार दीपेन्द्रको रेटिङ २०२ अंक यथावत् रहे पनि अन्य खेलाडीको वरियतामा फेरबदल हुँदा उनी एक स्थान तल झरेका हुन्।
वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब, दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज र चौथोमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन्।
कुशल भुर्तेल भने २५औं स्थानमा यथावत् छन्।
