आइतबार २१ मंसिर, २०८२

एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै

एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज  पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दैछन्  ।

प्रतियोगितामा आज पश्चिमका दुई टिम सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, पूर्वका दुई टोली जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

पहिलो खेल जनकपुर र विराटनगरबीच हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा आज साविक विजेतासमेत रहेको जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपर यसअघि उद्घाटन खेलमा काठमाडौं गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो ।

विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाडौं गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

 यस्तै अपराह्न हुने अर्को खेल  साविक उपविजेता सुदूरपश्चिम र  कर्णाली याक्सबीच हुनेछ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमले दुई खेलमा काठमाडौं र पोखरालाई क्रमशः २९ र १८ रनले पराजित गरेको थियो ।

यो खेल कीर्तिपुरमै अपराह्न ४ बजेदेखि सुरु हुने तालिका छ ।