एनपीएल : जनकपुरले टस जित्यो, ब्याटिङ गर्दै विराटनगर
काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा विराटनगर किङ्सले अब ब्याटिङ गर्ने भएको छ ।
प्रतियोगितामा आज साविक विजेतासमेत रहेको जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपर यसअघि उद्घाटन खेलमा काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो ।
विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमान्डु गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
विराटनगर किङ्सको प्लेइङ-११
सन्दीप लामिछाने, लोकेश बम, जर्ज मन्से, मार्टिन गप्टिल, शुभम रन्जाने, नरेन भट्ट, नारायण जोशी, बसिर अहमद, मर्चेन्ट डे लाङ, प्रतिश जीसी, सूर्य तामाङ ।
जनकपुर बोल्ट्सको प्लेइङ-११
आसिफ शेख, अनिल साह, लाहिरु मिलान्था, सञ्जय कृष्णमुर्ती, संगीथ कूरे, मयन यादव, आदित्य महता, जान निकोल लफ्टी-इटन, रुपेश सिंह, विकाश आग्री, ललित राजवंशी ।
