आइतबार २१ मंसिर, २०८२

सांग्रिला मोटर्सद्वारा लीपमोटर र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प घोषणा

सांग्रिला मोटर्सद्वारा लीपमोटर र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प घोषणा

काठमाडौं । नेपालका लागि लीपमोटर, सिट्रोन र प्यूजो आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले विशेष एक्सचेन्ज क्याम्पहरू आयोजना गर्ने भएको छ । 

मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म एक साता कम्पनीलर् लीपमोटर र सिट्रोनका दुई विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो । 

 नेपालभरका सम्बन्धित शोरूममा यस्तो क्याम्प सञ्चालनमा रहने सांग्रिला मोटर्सले जनाएको छ । यसले ग्राहकहरूलाई आकर्षक लाभहरूका साथ आफ्ना सवारी साधनहरू अपग्रेड गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । 

लीपमोटर ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले ग्राहकलाई उनीहरूको लागि उपयुक्त हुने १०/१० वटा कार चलाउने अवसर प्रदान गर्नेछ । साथै नगद छुट, एक्सचेन्ज बोनस, नि:शुल्क रोड ट्याक्स र दर्ताको सुविधा समेत प्रदान गर्नेछ । २.२ किलोवाटको ट्राभल चार्जरको साथ नि:शुल्क ७ किलोवाटको होम चार्जर र थप सहायक उपकरणहरू सहित लाभ लिन समेत ग्राहकलाई आमन्त्रण गरिएको छ । 

त्यसैगरी, सिट्रोन ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्प अन्तर्गत सहभागीहरूलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स प्रदान गरिनेछ । साथै नि:शुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र नि:शुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा अपग्रेड गर्न प्रोत्साहित गरिएको छ । 

सांग्रिला मोटर्सले राष्ट्रव्यापी रूपमा नवीन समाधान, गुणस्तरीय सवारी साधन र भरपर्दो बिक्रीपछिको सेवाको साथ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको भन्दै यो क्याम्प यसैको निरन्तरता भएको जनाएको छ ।