आइतबार २१ मंसिर, २०८२

चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत

चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत


काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल०मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध मध्यम सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ४६ रन बनाएको हो ।

सुदूरपश्चिमबाट हाल क्रिजमा रहेका क्रिस लिन २३ रन र इशान पाण्डे शून्यमा खेलिरहेका छन् । त्यसअघि सुदुरपश्चिमले अर्का ओपनर विनोद भण्डारीलाई २१ रनमा गुमाएको थियो । चितवनका रञ्जित कुमारले एक विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिमले प्लेअफ यात्रा तय गरिसकेको छ । सुदूरले आजको खेलमा जित निकाले शीर्ष स्थान सुनिश्चित गर्नेछ । यता, चितवन भने प्लेअफ दौडमा कायम रहन जितको दबाबमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकालेको थियो ।