आइतबार १८ माघ, २०८२

सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  क्यापिटल लिमिटेडले पुस ४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ ।

सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याएको हो । 

जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

१० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।