उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प
काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।
त्यसअघि हिजो बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
