शनिबार २६ पुस, २०८२

दाङमा डोङफेङको नयाँ ईभी शोरुम, स्मार्ट इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक

दाङमा डोङफेङको नयाँ ईभी शोरुम, स्मार्ट इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक

काठमाडौँ । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले दाङमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

राप्ती अटोमार्ट प्रा. लि. सँगको साझेदारीमा शनिबार आयोजित एक समारोहका बीच शोरुमको उद्घाटनसँगै स्मार्ट इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ (Nammi Vigo) समेत सार्वजनिक गरिएको हो ।

शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ र डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिनले संयुक्त रूपमा गरे । कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तको समेत उपस्थिति रहेको थियो ।

सार्वजनिक गरिएको नयाँ नामी भिगो डोङफेङको अत्याधुनिक ‘क्वान्टम आर्किटेक्चर प्लेटफर्म’मा आधारित छ । यसमा ९९ किलोवाटको शक्तिशाली मोटर र ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी (WLTP) रेन्ज प्रदान गर्ने ब्याट्री जडान गरिएको छ ।

अल्ट्रा-फास्ट चार्जिङ सुविधा भएको यो गाडी मात्र १८ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । यसका साथै म्याजिक क्युब डिजाइन, लेभल-२ एडास (ADAS) सुरक्षा प्रविधि, मेमोरी तथा वेलकम सिट र सेग्मेन्टमै पहिलो ‘हेभेन एन्ड अर्थ टेलगेट’ जस्ता विशेषता यसमा रहेका छन् ।

विशेष अफर र एक्सचेन्ज क्याम्प

शोरुम उद्घाटनको अवसरमा कम्पनीले दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो र नामी बक्स विशेष ‘नाडा मूल्य’मा खरिद गर्न पाउनेछन् । खरिदकर्तालाई ७ किलोवाटको फास्ट चार्जर र ३.५ किलोवाटको पोर्टेबल चार्जरका साथै निःशुल्क ‘अटो प्लस’ बीमाको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस्तै, सेरेस मोडेलका गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको विशेष लाभ र पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन गरिने व्यवस्था मिलाइएको छ ।

दाङमा सञ्चालनमा आएको यो नयाँ शोरुमले डोङफेङ र सेरेसका लागि क्षेत्रीय प्रमुख केन्द्रका रूपमा कार्य गर्नेछ । यहाँबाट बिक्री (Sales), सेवा (Service) र स्पेयर्स (Spares) को पूर्ण सुविधा उपलब्ध हुने राप्ती अटोमार्टले जनाएको छ । पश्चिम नेपालमा विद्युतीय यातायातको पहुँच विस्तार गर्ने लक्ष्यसहित यो शोरुम स्थापना गरिएको एमएडब्लू वृद्धिले उल्लेख गरेको छ ।