सोमबार २८ पुस, २०८२

नबिल बैंकसहित आज १४ कम्पनीको साधारण सभा

नबिल बैंकसहित आज १४ कम्पनीको साधारण सभा

काठमाडौं । आज सोमबार एकैदिन १४ वटा कम्पनीहरूको वार्षिक साधारण सभा बोलाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक, लघुवित्त, जलविद्युत्, होटल लगायत कम्पनीहरूले काठमाडौं उपत्यकासहित चितवन र भर्चुअल माध्यमबाट साधारण सभा आयोजना गर्न लागेका हुन् ।

आज साधारण सभा गर्ने कम्पनीहरूमा कतिपय कम्पनीले लाभांश दिएका छन् भने कतिपयले सेयरधनीको हात खाली बनाएका छन् ।

आज सभा बोलाएको सिडिएसी एन्ड क्लियरिङ लिमिटेडले १०० प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै इमर्जिङ नेपाल लिमिटेडले ५.२६३१५ प्रतिशत नगद, मेलुङ खोला जलविद्युत् कम्पनीले लाभांश नदिएपनि १ः०.७० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले, भिजन इनर्जी एन्ड पावर, बुटवल पावर कम्पनीले ६ प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाल ५ प्रतिशत नगद र १० प्रतिशत बोनस, नबिल बैंकले १२.५ प्रतिशत नगद, सिटी होटल, हिमालयन लघुवित्त वित्तीय संस्था ६.६५ प्रतिशत बोनस सेयर ०.३५ प्रतिशत, मोदी इनर्जी लिमिटेड, कालिका पावर कम्पनीले ७ प्रतिशत बोनस सेयर ०.३६ प्रतिशत नगद लाभांश, माया खोला हाइड्रोपावर कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर ल्याउने प्रस्ताव गरेको छ ।

यी कम्पनीहरूको साधारण सभामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालक निर्वाचन गर्ने, लाभांश–नगद तथा बोनस सेयर० वितरण, हकप्रद सेयर तथा आईपीओ निष्कासन, कम्पनीको पूँजी वृद्धि, नाम परिवर्तन तथा मर्जर/एक्विजिसनसम्बन्धी प्रस्तावहरू पारित गर्ने एजेन्डा रहेका छन् ।