चितवनका सडकमा १०० भन्दा बढी ‘नामी’को उत्सव : डोङफेङ नेपालद्वारा भव्य “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
चितवन । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनमा एक भव्य “नामी सेलिब्रेशन ड्राइभ” आयोजना गरेको छ।
चितवनका सडकहरूमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारी साधन गुड्न सफल भएको खुसीयालीमा यो विशेष उत्सव मनाइएको हो। यस कार्यक्रमले ग्राहकहरूको अटुट विश्वासको सम्मान गर्दै चितवन क्षेत्रमा स्मार्ट विद्युतीय मोबिलिटीको बढ्दो प्रभावलाई थप उजागर गरेको छ।
उक्त सेलिब्रेशन ड्राइभमा ८० भन्दा बढी नामी बक्स र नामी भिगो सवारी साधनहरूको उत्साहजनक सहभागिता रहेको थियो। भरतपुरस्थित चितवन बिजनेस कम्प्लेक्सबाट सुरु भएको यो यात्रा बाइपास रोड, टिनखोला गुम्बा चोक, रामेश्वर मन्दिर, लिला चोक, पुलचोक, चौबिसकोटी, र पारस बस पार्क हुँदै सौराहाको होटल सेभेन स्टारमा पुगेर समापन भएको थियो।
एमएडब्लु वृद्धिका वरिष्ठ नेतृत्व तथा चितवनका आधिकारिक डिलर युरो अटोमोटिभ्स प्रा. लि. का प्रतिनिधिहरूले संयुक्त रूपमा फ्ल्याग अफ गरी यात्राको शुभारम्भ गरेका थिए।
यो कार्यक्रम केवल एउटा ड्राइभमा मात्र सीमित नभई एक जीवनशैली–केन्द्रित उत्सवको रूपमा आयोजना गरिएको थियो। सहभागीहरू र उनीहरूका परिवारका लागि खाना, संगीत, विभिन्न खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरूको समेत व्यवस्था गरिएको थियो।
यसले डोङफेङ नेपालको एउटा बलियो र आत्मीय ग्राहक समुदाय निर्माण गर्ने लक्ष्यलाई प्रस्ट पारेको छ। स्मार्ट डिजाइन र उन्नत प्रविधिका कारण चितवनमा नामी बक्स र नामी भिगोले छोटो समयमै ठूलो लोकप्रियता कमाउन सफल भएका छन्।
यसै उत्सवको अवसर पारेर एमएडब्लु वृद्धि र युरो अटोमोटिभ्सले पौष २७ देखि २९ गतेसम्म विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पको पनि आयोजना गर्ने भएका छन्।
यस क्याम्पमा ग्राहकहरूले नामी भिगो र नामी बक्समा आकर्षक नगद छुट, ७ किलोवाटको फास्ट चार्जर र ३.५ किलोवाटको पोर्टेबल चार्जर गरी ‘डुअल चार्जिङ’ सुविधा, तथा निःशुल्क अटो प्लस बीमा जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन्। साथै, पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन र प्रत्येक टेस्ट ड्राइभमा निश्चित उपहारको समेत व्यवस्था गरिएको छ।
