डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ ।
साधारण सभाले आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनी महानुभावहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर पश्चात यस संस्थाको चुक्ता पूँजी रु.२ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारे । साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए ।
संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
