इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
काठमाडौं । सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।
इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेको हो ।
परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ ।
इरानमा रहेका नेपालीलाई आपतकालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौं र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
इरानमा हाल सरकार विरोधी प्रदर्शन चर्किंदै गएको छ । प्रदर्शनका कारण हालसम्म सयाँै मानिसको मृत्यु भइसकेको छ ।
