बुधबार ३० पुस, २०८२

कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर विद्यार्थीलाई रिसर्च अनुदान दिने

कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर विद्यार्थीलाई रिसर्च अनुदान दिने

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीलाई अनुसन्धानका लागि अनुदान प्रदान गर्ने भएको छ ।

अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेकालाई बैंकले अनुसन्धानका लागि अनुदान प्रदान गर्ने भएको हो ।

बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि एफफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीलाई जनही १ लाखका दरले र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गदै गरेका ४ जना विद्यार्थीहरुलाई अध्ययनसँग सम्बन्धित क्षेत्रमा गरिने सोध कार्यको लागि जनही ५० हजारका दरले अनुदान प्रदान गरिने बैंकले जनाएको छ ।

उक्त अनुदान प्राप्त गर्नको लागि सम्वन्धित कलेजको सिफारिस सहित १४ मार्च २०२६ भित्र बैंक समक्ष प्रस्तावना पेश गर्नुपर्नेछ । ती प्रस्तावका आधारमा सम्बन्धित विषयका विज्ञ समेत रहेको समितिले छनोट गर्नेछ ।

विद्यार्थीहरुले गर्ने सोध कार्यहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ । उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।