शुक्रबार ०९ माघ, २०८२

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा कल्याण विक्रम पाँडे पुनः नियुक्त

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा कल्याण विक्रम पाँडे पुनः नियुक्त

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुन: कल्याण विक्रम पाँडे नियुक्त भएका छन् ।

पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नवनियुक्त अध्यक्ष पाँडेले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् ।

संस्थाको सञ्चालक समितिको २०८२ पौष ३० गते बसेको १८२ औं बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो । 

पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसईओ) का रूपमा कार्यरत छन् ।

शपथ ग्रहण कार्यक्रममा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।